ऋण नतिरेकाहरू सहकारी संस्थाको सञ्चालक समिति उम्मेदवार बन्न नपाउने

२२ भाद्र २०८३, सोमबार १०:३४

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले ऋण नतिरेकालाई सहकारी संस्थाका सञ्चालकको उम्मेदवारी बन्न नपाउने निर्णय गरेको छ।

प्राधिकरणको २९औं बैठकले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको सञ्चालनसम्बन्धी नियामकीय मापदण्ड, २०८२ को परिच्छेद ३ को बुँदा नम्बर १.४ बमोजिमबाहेक सहकारी संस्थाका सञ्चालकले कुनै पनि प्रकारको थप ऋण लिन नपाउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो।

प्राधिकरणका अनुसार मापदण्डविपरीत थप ऋण लिएका सञ्चालकले उक्त ऋण चुक्ता नगरेसम्म सहकारी संस्थाको सञ्चालक पदका लागि उम्मेदवारी दिन पाउने छैनन्। यससम्बन्धी व्यवस्था कार्यान्वयन गर्न सम्बन्धित निकाय तथा सहकारी संस्थालाई जानकारी गराउने निर्णयसमेत प्राधिकरणले गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*