राष्ट्र बैंकका गभर्नरसहित कर्मचारीले जुटाए बाढीपीडितका लागि १ करोड ३८ लाख
२२ भाद्र २०८३, सोमबार १६:४६

काठमाडौं । नेपाल राष्ट्र बैंकले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ३८ लाख ८८ हजार ४२५ रुपैयाँ जम्मा गरेको छ ।
नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारी (करार कर्मचारीसमेत) का तर्फबाट उक्त रकम कोषमा जम्मा गरिएको हो ।
बाढीबाट प्रभावितलाई राहत तथा पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले बैंकका पदाधिकारी तथा कर्मचारीको तर्फबाट रकम संकलन गरी कोषमा जम्मा गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकको गभर्नर कार्यालयका अनुसार उक्त रकम २०८३ भदौ २२ गते प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो ।









