नेपाल औषधि लिमिटेडको महाप्रबन्धकका लागि दरखास्त आह्वान

२३ भाद्र २०८३, मंगलवार १०:२७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल औषधि लिमिटेडको रिक्त महाप्रबन्धक पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरेको छ ।

खुला प्रतिस्पर्धाका आधारमा महाप्रबन्धक नियुक्ति गर्न गठित सिफारिस समितिमार्फत मन्त्रालयले दरखास्त आह्वान गरेको हो ।

मन्त्रालयका अनुसार तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मिति भदौ २३ गतेदेखि २१ दिनभित्र दरखास्त दिन सक्नेछन् । इच्छुकले कार्यालय समयभित्र सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा दरखास्त बुझाउनुपर्नेछ ।

महाप्रबन्धक पदका लागि आवश्यक योग्यता तथा अन्य विवरण मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*