इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख धरौटीमा रिहा

२३ भाद्र २०८३, मंगलवार ११:०९

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)का अध्यक्ष पृथ्वीबहादुर पाँडे ४० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्।

सोमबार काठमाडौं जिल्ला अदालतमा भएको थुनछेक बहसपछि न्यायाधीश नवराज दुलालको इजलासले पाँडेलाई ४० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो। अदालतको आदेशअनुसार धरौटी रकम बुझाएपछि उनी सोमबार नै रिहा भएका हुन्।

पाँडेसहितका व्यक्तिविरुद्ध गत साउन २७ गते ठगी, संगठित अपराध तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो।

राज्यको स्वामित्वमा आइसकेको स्मार्ट सेलको सम्पत्ति बिक्री गरेको आरोपमा पाँडेमाथि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान गरेको थियो। सीआईबीको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले उनीविरुद्ध अदालतमा अभियोगपत्र दायर गरेको हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*