ग्लोबल आइएमई क्यापिटलले २५ प्रतिशत लाभांश बाँड्ने

२४ भाद्र २०८३, बुधबार १०:२१

काठमाडौं । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

कम्पनी सञ्चालक समितिको भदौ २२ गते बसेको बैठकले चुक्ता पुँजीको १५ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

कम्पनीका अनुसार १५ प्रतिशत बोनस सेयरबापत ७ करोड ४० लाख ८७ हजार रुपैयाँ र १० प्रतिशत नगद लाभांशबापत ४ करोड ९३ लाख ९१ हजार रुपैयाँ वितरण गरिनेछ।

लाभांश वितरणसम्बन्धी प्रस्ताव पारित गर्न कम्पनीले असोज १४ गते काठमाडौंको लाजिम्पाटस्थित होटल ले हिमालयमा १९औँ वार्षिक साधारणसभा बोलाएको छ। सभा बिहान साढे ८ बजे सुरु हुनेछ।

साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै चालु आर्थिक वर्ष २०८३/८४ का लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र उनको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावमाथि निर्णय गर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*