बीमा रकम विवादको कारण हिल्टन होटल अझै उठ्न सकेन

२४ भाद्र २०८३, बुधबार १४:०६

काठमाडौं । गत वर्षको जेने–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट गम्भीर क्षति पुगेको काठमाडौंको नक्सालस्थित हिल्टन होटल अझै पुनःनिर्माणको चरणमा जान सकेको छैन । होटलको पुनःनिर्माण सुरु हुन नसक्नुमा ठूलो बीमा दाबी र त्यसको भुक्तानीसम्बन्धी विवाद मुख्य कारण बनेको छ।

हिल्टनले क्षतिको विस्तृत मूल्याङ्कनपछि रु। ४ अर्ब ३९ करोडको बीमा दाबी दर्ता गरेको थियो। अन्तर्राष्ट्रिय सर्भेयरको सहयोगमा क्षतिको मूल्याङ्कन पूरा भएपछि मे १९ मा दाबी पेश गरिएको बताइएको छ।

हिल्टनको बीमा ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा रहेको छ। तर, होटलको ‘रायट एन्ड टेररिज्म’ जोखिमको पुनर्बीमासँग सम्बन्धित विषयमा विवाद उत्पन्न भएपछि दाबी भुक्तानी प्रक्रिया जटिल बनेको हो। नेपाल बीमा प्राधिकरणले यस विषयमा ओरिएन्टल इन्स्योरेन्स, नेपाल पुनर्बीमा कम्पनी, हिमालयन रिइन्स्योरेन्स र सम्बन्धित ब्रोकरमाथि कारबाहीसमेत गरेको थियो।

ठूलो दाबीको अन्तिम मूल्याङ्कन र पुनर्बीमा विवाद समाधान नभएसम्म पूर्ण भुक्तानी अघि बढ्न कठिन देखिएको छ। यही कारण होटलको पुनःनिर्माणसमेत अन्योलमा परेको छ।

बीमा दाबी टुंगिएर रकम भुक्तानी भएपछि मात्रै हिल्टनको पुनःनिर्माणले गति लिने देखिन्छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*