आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता

२४ भाद्र २०८३, बुधबार १५:०४

काठमाडौं । आज भदौ २४ गते मंगलबार नेप्से परिसूचक १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा कायम भएको छ। यसदिन १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, सेन्ट्रल फाइनान्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, सोलु हाइड्रोपावर लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयर सर्वाधिक किनबेच भएको छ।

त्यसपछि तमोर सानिमा हाइड्रोपावर लिमिटेड, इमर्जिङ नेपाल लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड, रिडी पावर कम्पनी लिमिटेड र गरिमा विकास बैंक लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*