बुधबार यी १० कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

२४ भाद्र २०८३, बुधबार १५:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४३ अकंले घटेर २५४५.४० बिन्दुमा कायम भएको छ । आज ३५२ कम्पनीको १ करोड ९ लाख ६५ हजार कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १९ करोड ८९ लाख २१ हजार रुपैयाँको कारोबार भएको हो ।

बुधबार ७४ कम्पनीको शेयर मूल्य बढेको छ भने १९२ कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य स्थिर रहेको हो ।

यसदिन अप्पर लोहोरे खोलाको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ३९ रुपैयाँले बढेर २९९ रुपैयाँ पुगेको हो ।

आज शुभम पावरको ६.४० प्रतिशत, सिभिल बैंक डिबेञ्चर २०८८ को ५.९४ प्रतिशत, बराहीको ५.७९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*