जीवन बीमकको व्यवसाय साढे ३३% ले बढ्यो, वृद्धिदरमा आक्रामक राष्ट्रिय जीवन बीमा र आइएमई

२४ भाद्र २०८३, बुधबार १७:२८

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिनामै जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको साउनमा कुल २६ अर्ब २२ करोड ५१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका हुन्।

अघिल्लो आर्थिक वर्ष २०८२/८३ को साउनमा जीवन बीमा कम्पनीहरूले १९ अर्ब ६५ करोड ३३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका थिए। यस आधारमा समीक्षा अवधिमा जीवन बीमा कम्पनीहरूको बीमा व्यवसाय ३३.४४ प्रतिशतले बढेको देखिन्छ।

कुल बीमाशुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि रहेको छ। कम्पनीले साउनमा ६ अर्ब ९९ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब १९ करोड २५ लाख रुपैयाँ आर्जन गरेको थियो। कम्पनीको व्यवसाय १२.९३ प्रतिशतले बढेको हो।

दोस्रो स्थानमा रहेको राष्ट्रिय जीवन बीमा कम्पनीले साउनमा ३ अर्ब ९९ करोड २७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवसायमा ८२०.१६ प्रतिशतको उल्लेख्य वृद्धि भएको छ। अघिल्लो वर्ष कम्पनीले ४३ करोड ३३ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेको थियो।

त्यस्तै, नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ९१ करोड ३१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय २०.६५ प्रतिशतले बढेको हो। हिमालयन लाइफ इन्स्योरेन्सले २ अर्ब २९ करोड ४१ लाख रुपैयाँ आर्जन गर्दा व्यवसाय १३.११ प्रतिशतले बढेको छ।

एलआइसी नेपालले २ अर्ब १४ करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवसाय ४.९८ प्रतिशतले बढेको हो। त्यस्तै, सूर्यज्योति लाइफ इन्स्योरेन्सले १ अर्ब ५१ करोड ७९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै २१.९० प्रतिशतको वृद्धि हासिल गरेको छ।

एशियन लाइफ इन्स्योरेन्सले १ अर्ब ११ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय १७.१४ प्रतिशतले बढेको हो। सिटिजन लाइफ इन्स्योरेन्सले ९६ करोड १ लाख रुपैयाँ आर्जन गर्दा व्यवसाय १२.११ प्रतिशतले बढेको छ।

त्यसैगरी, आइएमई लाइफ इन्स्योरेन्सले ९० करोड ९४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय ३५.६३ प्रतिशतले बढेको हो। सानिमा रिलायन्स लाइफले ८५ करोड ४३ लाख रुपैयाँ आर्जन गर्दै १८.७३ प्रतिशतको वृद्धि गरेको छ।

प्रभु महालक्ष्मी लाइफले ७६ करोड ११ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ।  रिलायबल नेपाल लाइफले ७० करोड ६६ लाख रुपैयाँ आर्जन गर्दा व्यवसाय २१.४६ प्रतिशतले बढेको छ।

त्यस्तै, मेट लाइफले ६० करोड २८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। कम्पनीको व्यवसाय ११.६४ प्रतिशतले बढेको छ। सन नेपाल लाइफले भने ४६ करोड ६९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै २७.८५ प्रतिशतको वृद्धि हासिल गरेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*