आज यी कम्पनीको शेयर सर्वाधिक कारोबार

२५ भाद्र २०८३, बिहीबार १५:०३

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक १३.८५ अंकले घटेर २५३१.५५ विन्दुमा कायम भएको छ। आज १ करोड ५ लाख ८३ हजार १५५ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख ४२ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

आज लिवर्टी इनर्जी लिमिटेड कम्पनी, रिलायन्स स्पिनिङ मिल्स लिमिटेड, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड, नेपाल एसबिआई बैंक लिमिटेड र रिडी पावर कम्पनी लिमिटेडको शेयर सर्वाधिक कारोबार भएको छ।

त्यसपछि सोलु हाइड्रोपावर लिमिटेड, सानिमा मिडल तमोर हाइड्रोपावर लिमिटेड, एसवाई प्यानल नेपाल लिमिटेड र शिवम् सिमेन्ट लिमिटेडको शेयरमा आज लगानीकर्ता झुम्मिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*