बिहिबार यी १० कम्पनीको शेयर मूल्य सर्वाधिक बढ्यो

२५ भाद्र २०८३, बिहीबार १५:१३

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १३.८५ अकंले घटेर २५३१.५५ बिन्दुमा कायम भएको छ। आज ३४१ कम्पनीको १ करोड ५ लाख ८३ हजार कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ८५ लाख रुपैयाँको कारोबार भएको हो ।

बिहिबार ६७ कम्पनीको शेयर मूल्य बढेको छ भने २०० कम्पनीको घटेको छ । ११ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

आज लिवर्टी इनर्जीको शेयरमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयर प्रतिकित्ता ३२ रुपैयाँले बढेर २४६ रुपैयाँ पुगेको हो ।

साथै, दोल्ती वारको ८.२२ प्रतिशत, अप्पर लोहोरेको ७.०२ प्रतिशत, इमर्जिङ नेपालको ५.४६ प्रतिशतले शेयर मूल्य बढेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*