होटेल सारथीले प्रिमियममा आईपीओ जारी गर्ने
२६ भाद्र २०८३, शुक्रबार ०८:१५

काठमाडौं । होटेल सारथी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने प्रस्ताव सहित असोज ४ गते धुलिखेलस्थित आफ्नै सभाहलमा दिउँसो १२ बजे दोस्रो वार्षिक साधारणसभा बोलाएको छ।
उक्त साधारणसभाले चुक्ता पूँजीको १३ प्रतिशत बोनस शेयर र २.७८९४ प्रतिशत नगद लाभांश जारी गर्ने, कम्पनीको पूँजी संरचना परिवर्तन गर्ने, प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने र जारी पूँजीको ३० प्रतिशत साधारण शेयर (आईपीओ) प्रिमियम मूल्यमा जारी गर्न विशेष प्रस्ताव पारित गर्नेछ।
साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने र चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारणसभामा पेश हुनेछ।









