पहिरोले सोलुखुम्बुको हुङ्गा खोलामा बन्यो १५ मिटरको ड्याम, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
२६ भाद्र २०८३, शुक्रबार ०९:१९

काठमाडौं । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–गुदेलस्थित हुङ्गा (हुङ्कु) खोलामा पहिरो खसेर करिब १५ मिटरको ड्याम बनेपछि आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका अनुसार खोलामा माथिबाट पहिरो खसेर ड्याम बनेको हो। हाल पनि थप पहिरो खसिरहेको जनाइएको छ।
बाढी पूर्वानुमान महाशाखाले हुङ्गा (हुङ्कु) खोला, दूधकोशी नदीको तटीय क्षेत्र तथा आसपासमा बसोबास गर्ने बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ। महाशाखाले खोलामा बनेको ड्यामका कारण थप जोखिम हुन सक्ने भएकाले तटीय तथा आसपासका क्षेत्रमा आवश्यक सावधानी अपनाउन आग्रह गरेको हो।










