बेनी हाइड्रोपावरको आईपीओमा कतिको पर्यो आवेदन ?

२७ भाद्र २०८३, शनिबार १६:१७

काठमाडौं ।   बेनी हाइड्रोपावरको आईपीओ खरीदका लागि मागभन्दा ३० दशमलव ५५ गुणा बढी आवेदन परेको छ ।

सो अवधिसम्म २३ लाख ६१ हजार १२४ जना आवेदकहरुले २ करोड ६३ लाख ७१ हजार ७४० कित्ता शेयर खरीदका लागि आवेदन दिएको तथ्याङ्क सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड ९सिडिएससी० ले सार्वजनिक गरेको छ ।

कम्पनीले गत वैशाख २९ गतेनैपहिलो चरणको आईपीओ बाँडफाँट सम्पन्न गरि करिब चार महिनामा थप सर्वसाधारणका लागि निष्कासन गरेको हो । नेपाल धितोपत्र बोर्ड ९सेवोन० ले गत वैशाख २ गतेपछि आईपीओ निष्कासनका लागि कुनै पनि कम्पनीलाई स्वीकृति दिएको छैन् । यस कम्पनीले भने गत माघ २९ गतेनै प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको थियो ।

कुल कित्ता आईपीओमध्ये १० लाख ४० हजार कित्ता आयोजना प्रभावित स्थानीयमा बाँडफाँट गरि बाँकी रहेको १० लाख ४० हजार कित्तामध्येबाट १ लाख ४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपाली, २० हजार ८०० कित्ता कर्मचारीहरु र ५२ हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरी ८ लाख ६३ हजार २०० कित्ता आईपीओ भने थप सर्वसाधारणमा निष्कासन गरिएको हो । कम्पनीको आईपीओ निष्कासन तथा विक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*