सलिकोले ल्यायो सूचकांकमा आधारित धान उत्पादन ह्राससम्बन्धी बीमालेख

१२ आश्विन २०८३, सोमबार १६:३०

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल बीमा प्राधिकरणबाट स्वीकृति लिई “अत्यधिक वर्षाको सूचकांकमा आधारित धान उत्पादनमा हुने ह्रास सम्बन्धी बीमालेख जारी गरेको छ।

उक्त बीमालेखको अबधि २०८३ असोज ७ गतेदेखि २०८३ मंसिर ७ गतेसम्मको लागि लागू हुनेछ ।

अत्यधिक वर्षाका कारण धान उत्पादनमा हुन सक्ने सम्भावित क्षतिको जोखिमलाई सूचकांकका आधारमा सम्बोधन गरि क्षतिपुर्ती प्रदान गर्ने उद्देश्यले ल्याइएको यस बीमालेख अन्तर्गत कैलाली, कञ्चनपुर, धनुषा, सिराहा, सर्लाही, बाँके, बर्दिया, दाङ र कपिलवस्तु जिल्लाका धान उत्पादक किसानहरू समेटिएका छन् ।

यस बीमालेख जारि गर्नको लागि प्लान्टस्याट बाइ सिड इनोभेसन्स प्राइभेट लिमिटेडको साझेदारी रहेको छ । यस बिमालेखमा प्रति कट्ठा रु। १,५९५ बीमाङ्क रकम कायम गरिएको छ।

बीमालेख जारी भएको पहिलो दिनमै अर्थात् २०८३ असोज ७ गते नै करिब १,३०५ जना किसानको बीमालेख जारी गरिएको छ भने करिब ३,३०४ कट्ठा क्षेत्रफलको धानको बीमा गरिएको छ । कम्पनीले एकै दिनमा ति सम्पूर्ण बीमालेखहरू जारी गरेको हो ।

यस बीमालेखअन्तर्गत किसानलाई व्यक्तिगत रूपमा भएको क्षतिको मूल्याड्कनका आधारमा नभई तोकिएको तीन दिनको अधिकतम सञ्चित वर्षा ९मि।मि।० को सूचकांकमा आधारित रहि क्षतिपूर्ति प्रदान गरिनेछ ।

यस बीमालेखको प्रमुख विशेषता यसको सरल तथा स्वचालित दाबी भुक्तानी प्रक्रिया हो। तोकिएको सूचकांकअनुसार दाबी भुक्तानीका लागि योग्य अवस्था सिर्जना भएमा किसानले बीमा कम्पनीमा छुट्टै फाराम, कागजात वा दाबीसम्बन्धी विवरण पेश गर्नुपर्ने छैन ।

सूचकांकका आधारमा भुक्तानी हुन योग्य ठहरिएको दाबी रकम किसानको बैंक खातामा सिधै जम्मा हु व्यवस्था गरिएको छ । यसले किसानलाई दाबी प्रक्रियामा आवश्यक पर्ने कागजी प्रक्रिया तथा लाग्न जाने अतिरिक्त समयबाट राहत प्रदान गर्नेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*