युनाइटेड अजोड इन्स्योरेन्सको बोनस शेयर सूचीकृत

१२ आश्विन २०८३, सोमबार १६:३२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९ लाख ९० हजार कित्ता बोनस शेयर सूचीकृत भएको छ।

कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको ४.२८५७ प्रतिशत बोनस आज नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बराबर ९ करोड ९० लाख रुपैयाँ मूल्यका ९ लाख ९० हजार कित्ता बोनस शेयर जारी गरिएको थियो।

नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*