बढ्यो सुनको मूल्य, शुक्रबार प्रतितोला कति ?
१६ आश्विन २०८३, शुक्रबार ११:००

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ५०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
यता, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले वृद्धि भएर प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भइरहेको हो ।











