कुमारीको एक लाख कित्ता शेयर बिक्री गरेर बाहिरिँदै संस्थापक शेयरधनी

१८ आश्विन २०८३, आईतवार ०९:२७

काठमाडौं । कुमारी बैंक लिमिटेडले १ लाख कित्ता संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ।

बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्री गर्न निवेदन दिएपछि नेपाल राष्ट्र बैंकको प्रचलित व्यवस्था तथा निर्देशनअनुसार सेयर बिक्री प्रक्रिया अघि बढाइएको बैंकले जनाएको छ।

यसअघि बैंकले उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिक अवसर दिएको थियो। तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट खरिदका लागि कुनै आवेदन नआएपछि अब अन्य इच्छुक व्यक्ति तथा लगानीकर्ताबाट आवेदन माग गरिएको हो।

बैंकका अनुसार सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक सर्वसाधारणले आवेदन पेश गर्न सक्नेछन्। आवेदन कुमारी बैंकको सेयर रजिस्ट्रार कुमारी क्यापिटल लिमिटेड, नक्साल, नागपोखरीस्थित कार्यालय वा बैंकको टंगालस्थित प्रधान कार्यालयमा स्वयं उपस्थित भएर बुझाउनुपर्नेछ।

बिक्रीमा राखिएको संस्थापक सेयरको मूल्य भने बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने बैंकले स्पष्ट पारेको छ। इच्छुक लगानीकर्ताले तोकिएको समयभित्र आवश्यक विवरणसहित आवेदन दिनुपर्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*