लुम्बिनी विकास बैंकको शेयर बेच्दै कोइराला

१८ आश्विन २०८३, आईतवार ०९:३७

काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले १ हजार ८०३ कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ। बैंकका संस्थापक शेयरधनी दिवाकर कोइरालाको स्वामित्वमा रहेको उक्त शेयर बिक्रीका लागि प्रक्रिया अघि बढाइएको हो।

बैंकले हाल कायम संस्थापक शेयरधनीहरूलाई प्राथमिकता दिँदै शेयर खरिदका लागि आवेदन दिन आह्वान गरेको छ। इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक शेयरसम्बन्धी विवरण खुलाएर लिखित निवेदन बैंकको डिल्लीबजारस्थित मुख्य कार्यालयमा पेश गर्नुपर्नेछ।

तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि कुनै निवेदन प्राप्त नभएमा प्रचलित कानुनअनुसार बिक्री प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

बैंकका अनुसार यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन तथा अन्य प्रचलित कानुनी व्यवस्थाबमोजिम शेयर बिक्रीसम्बन्धी प्रक्रिया अगाडि बढाइनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*