सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सुरु गर्‍यो भोटेकोशी बाढीको दाबी फर्छ्योट

१९ आश्विन २०८३, सोमबार १७:२०

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको बीमित सम्पत्तिको क्षतिपुर्ती वापत दावी भुक्तानी गर्न सुरुवात गरेको छ ।

त्रिशुली बजारमा रहेको त्रिशुली फेन्सी स्टोरमा रहेको सामान बगाएर भएको क्षती वापत ६४ लाख भुक्तानी गरी दावी भुक्तानी सुरुवात गरेको हो । दावी फछ्र्यौट पुर्जा प्राप्त गरेपश्चात पसलधनीले खुसी व्यक्त गर्दै भने –“बीमाको पैसा लामो समय सम्म प्राप्त हुदैन भन्ने सुनेको थिएँ तर कागजात पेश गरेको १० दिनमै दावी पाउँदा सुनेको हल्ला निराधार रहेछ ”।

आफ्नो सम्पत्तिको पूर्ण मुल्यमा बीमा गरेमा भवितव्य परेको खण्डमा बीमाबाट प्राप्त रकमले पुनः व्यवसाय सञ्चालन गर्न सहज हुने रहेछ भन्ने कुरा आफुलाई अनुभूती भएको बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*