सिटिजन्स बैंकका सीईओ पोखरेलले वर्षदिनमा बुझे १ करोड ९० लाख, भत्ता मात्रै ५४ लाख

२० आश्विन २०८३, मंगलवार १४:३२

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले आर्थिक वर्ष २०८२/८३ मा तलब, भत्ता तथा बोनससहित झण्डै २ करोड रुपैयाँ पारिश्रमिक बुझेका छन्। बैंकको वार्षिक प्रतिवेदनअनुसार पोखरेलले एक आर्थिक वर्षमा कुल १ करोड ९० लाख २२ हजार ८५१ रुपैयाँ बुझेका हुन्।

प्रतिवेदनमा उल्लेख भएअनुसार पोखरेलले आर्थिक वर्ष २०८२/८३ मा तलबबापत ८४ लाख रुपैयाँ प्राप्त गरेका छन्। त्यस्तै, भत्ताबापत ५४ लाख रुपैयाँ, दसैँ भत्ताबापत ११ लाख ५० हजार रुपैयाँ, सञ्चयकोष योगदानबापत ४ लाख ८० हजार रुपैयाँ र बिदा वापतको भुक्तानीबापत ७ लाख रुपैयाँ प्राप्त गरेका छन्।

यसैगरी, अन्य शीर्षकअन्तर्गत पोखरेलले ४२ हजार रुपैयाँ प्राप्त गरेका छन्। बैंकले प्रमुख कार्यकारी अधिकृतलाई बोनस तथा कल्याणकारी कोषबाट २४ लाख ९० हजार ८५१ रुपैयाँ उपलब्ध गराएको प्रतिवेदनमा उल्लेख छ।

यसरी तलब विभिन्न भत्ता तथा बोनससहित पोखरेलको कुल पारिश्रमिक १ करोड ९० लाख २२ हजार ८५१ रुपैयाँ पुगेको हो। त्यसबाट आयकरबापत ६६ लाख ९३ हजार ४८ रुपैयाँ कट्टी भएको छ ।

बैंकको प्रतिवेदनमा सञ्चालक तथा अन्य कार्यकारी पदाधिकारीलाई गरिएको भुक्तानीको विवरणसमेत सार्वजनिक गरिएको छ। सञ्चालकले बैठक भत्ताबापत एक वर्षमा २६ लाख ३२ हजार रुपैयाँ प्राप्त गरेका छन्।

त्यस्तै, प्रमुख कार्यकारी अधिकृतबाहेक अन्य कार्यकारी पदाधिकारीको तलब, भत्ता, दसैँ भत्ता, सञ्चयकोष योगदान, बिदा वापतको भुक्तानी तथा अन्य सुविधासमेत प्रतिवेदनमा छुट्टाछुट्टै उल्लेख गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*