२० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी

२० आश्विन २०८३, मंगलवार १४:४७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले सुनसरीमा निर्माण हुने २० मेगावाट क्षमताको सौर्य ऊर्जा आयोजनाका लागि वित्तीय व्यवस्थापन सम्पन्न गरेको छ ।

कोशी प्रदेशको सुनसरी जिल्लामा पशुपति इनर्जी प्रालिले निर्माण गर्न लागेको ग्रिड–आबद्ध सौर्य ऊर्जा आयोजनामा बैंकले एकल रूपमा लगानी गर्ने भएको हो । आयोजनाको कुल लागतको ८० प्रतिशतसम्म वित्तीय लगानी बैंकले गर्नेछ ।

आयोजनाको निर्माण अवधि १ वर्ष ६ महिना तोकिएको छ । आयोजना सञ्चालनमा आएपछि नेपालमा नवीकरणीय तथा स्वच्छ ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

माछापुच्छ्रे बैंकले वातावरणमैत्री तथा दिगो विकासमा योगदान पुर्‍याउने ऊर्जा पूर्वाधार परियोजनामा वित्तीय लगानी गर्दै आएको जनाएको छ । बैंकका अनुसार सुनसरीको सौर्य आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न हुनु नवीकरणीय ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने उसको निरन्तर प्रयासकै हिस्सा हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*