प्रभु बैंकका तत्कालिन सिईओ अशोक शेरचन जेल चलान, कर्जा दुरुपयोगको अभियोग

काठमाडौं । प्रभु बैंकका तत्कालिन सिईओ अशोक शेरचन जेल चलान भएका छन् । उच्च अदालत पाटनका न्यायाधीशद्वय गणेश प्रसाद बराल र राजु कुमार खतिवडाको इजलासले बैंकिङ कसुर सम्बन्धी मुद्दाको अन्तिम किनारा हुँदा दोषी देखिदैन भन्ने आधार नभएकोले थुनामा राख्न आदेश दिएको हो ।
बैंकको सिईओ पदमा कार्यरत रहँदा जानही हेथ्ल फाउण्डेशन सँग सम्बन्धित कर्जा प्रवाह गर्दा ऋणीसँग मिलेमतो गरेको, नेपाल राष्ट्र बैंकले जारी गरेको नियमनभित्र नबसी मनपरी ढंगले कर्जा प्रवाह गरेको, धितो नलिई ऋण उपलब्ध गराएको लगायतको अभियोगमा नेपाल राष्ट्र बैंकको प्रतिवेदनको आधारमा सिआईबी हुँदै सरकारी वकिलको कार्यालयमार्फत ०८२ सिबी ००५० मुद्दा दर्ता गरिएको थियो । उक्त मुद्दामा बैंकिङ कसुर तथा सजाय ऐन २०६४ को दफा ७ (घ) र दफा ८ बमोजिम सात करोड ७० लाख १७ हजार ७०१ रुपैयाँ बिगो कायम गरी दफा १५ बमोजिमयको सजाय माग दावी गरिएको छ ।
इजलासले बैंकका प्रमुख कार्यकारी अभिकृत शेरचनले ऋण प्रभावको क्रममा प्रक्रिया पुरा नगरी ऋण जारी गरेको, बैंकको पार्किङ खाताबाट सञ्चालक समितिको स्वीकृति बेगर रकम प्रयोग गरेको भन्ने सम्बन्धमा नेपाल राष्ट्र बैंक, प्रहरी र बैंककै कर्मचारीहरुले समेत बयानको क्रममा स्वीकार गरेकोले प्रभु बैंकका तत्कालिन सिईओ शेरचन निर्दोष रहेको भनेर मान्न सकिने अवस्था नभएको आधार र कारणसहित पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
नेपालको बैंकिङ क्षेत्रमा पहिलो पटक सिईओ बैंकिङ कसुर मुद्दामा जेल चलान भएका छन् ।











