प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रीमा

२१ आश्विन २०८३, बुधबार ०७:३१

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक शेयरधनी नवराज अधिकारीको नाममा रहेको १३ हजार कित्ता शेयर बिक्रीमा राखेको हो।

संस्थापक शेयर खरीद–बिक्री गर्दा विद्यमान संस्थापक शेयरधनीहरुलाई प्राथमिकता दिनुपर्ने व्यवस्था भएकाले हाल उक्त शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै किन्न पाउने गरी बिक्रीमा राखिएको हो।

अतः सो शेयर किन्न चाहने शेयरधनीले नेपाल बीमा प्राधिकरणले तोके बमोजिम मापदण्ड पूरा हुने आवश्यक कागजात सहित आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

उक्त म्यादभित्र प्रस्तावित शेयर खरीद गर्न विद्यमान संस्थापक शेयरधनीहरुले निवेदन नदिएमा विद्यमान संस्थापक शेयरधनी बाहेकका अन्य व्यक्ति/संस्थालाई शेयर बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले स्पष्ट पारेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*