३९ लाख ६३ हजारमा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको दुर्घटना बीमा

२१ आश्विन २०८३, बुधबार १२:३१

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आफ्ना कर्मचारीका लागि सामूहिक दुर्घटना बीमा गराउने भएको छ । बीमालेख खरिदका लागि बैंकले आह्वान गरेको बोलपत्र प्रक्रियाबाट अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनी छनोट भएको हो ।

बैंकका अनुसार बोलपत्रमार्फत प्राप्त प्रस्तावहरूको मूल्याङ्कन गर्दा अमेरिकन लाइफको प्रस्ताव सारभूत रूपमा प्रभावग्राही देखिएको थियो । कम्पनीले प्रस्ताव गरेको बीमा शुल्क औसत कबोल रकमसँग सबैभन्दा नजिक हुनुका साथै बैंकले तय गरेको लागत अनुमानभन्दा पनि कम रहेकाले उक्त कम्पनीलाई बीमालेख खरिदका लागि छनोट गरिएको हो ।

कर्मचारीहरूको सामूहिक दुर्घटना बीमाका लागि अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीले कुल ३९ लाख ६३ हजार २४० रुपैयाँ बीमा शुल्क कबोल गरेको बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*