मन्त्रिपरिषद्को निर्णय: नवीनराज सिंह र चक्रबहादुर बुढाको सचिवमा बढुवा

२१ आश्विन २०८३, बुधबार १८:४०

काठमाडौँ । सरकारले दुईजना सहसचिवलाई राजपत्राङ्कित विशिष्ट श्रेणी (सचिव) पदमा र एकजनालाई विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले निजामती तथा लेखापरीक्षण सेवातर्फ रिक्त रहेका विशिष्ट श्रेणीका पदमा बढुवा गर्ने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव नवीनराज सिंहलाई राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ। त्यस्तै, नेपाल प्रशासन सेवा समूहीकरणतर्फ कार्यरत सहसचिव चक्रबहादुर बुढालाई पनि सचिव पदमा बढुवा गर्ने निर्णय भएको छ।

यसैगरी, नेपाल लेखापरीक्षण सेवा समूहीकरणतर्फ रिक्त राजपत्राङ्कित विशिष्ट श्रेणीको उपमहालेखापरीक्षक पदमा नायब महालेखापरीक्षक चन्द्रकान्त भण्डारीलाई बढुवा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*