केबीएल सेक्युरिटिजले ल्यायो ५ करोडसम्मको मार्जिन कारोबार सुविधा

२२ आश्विन २०८३, बिहीबार १७:०१

काठमाडौं । केबीएल सेक्युरिटिज लिमिटेड (स्टक ब्रोकर नं. ९४) ले दोस्रो बजारका लगानीकर्तालाई लक्षित गर्दै ५ करोड रुपैयाँसम्मको मार्जिन कारोबार सुविधा ल्याएको छ।

कम्पनीले लगानीकर्ताको खरिद क्षमता बढाउँदै दोस्रो बजारमा उपलब्ध लगानीका अवसरको अधिकतम उपयोग गर्न सकून् भन्ने उद्देश्यले यस्तो सुविधा ल्याएको जनाएको छ।

केबीएल सेक्युरिटिजका अनुसार लगानीकर्ताले वार्षिक ७.५ प्रतिशत ब्याजदरमा मार्जिन कारोबार सुविधा लिन सक्नेछन्। यसअन्तर्गत स्वीकृत सीमाको सम्पूर्ण रकममा अग्रिम रूपमा ब्याज तिर्नुपर्ने छैन। लगानीकर्ताले वास्तविक रूपमा प्रयोग गरेको रकममा मात्र ब्याज गणना हुने कम्पनीले जनाएको छ।

मार्जिन कारोबार सुविधा न्यूनतम ८ दिनदेखि अधिकतम ९४ दिनसम्मका लागि लिन सकिनेछ। एक लगानीकर्ताले अधिकतम ५ करोड रुपैयाँसम्मको मार्जिन सुविधा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

कम्पनीका अनुसार यस सुविधाले लगानीकर्तालाई थप वित्तीय लचकता प्रदान गर्नुका साथै सीमित पुँजीबाट दोस्रो बजारमा आफ्नो खरिद क्षमता विस्तार गर्न सहयोग पुग्नेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*