नेप्से १७ अंकले बढ्यो, कारोबार ४ अर्ब ८३ करोड रुपैयाँमाथि

काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.१५ अंकले बढेर २ हजार ५९१.८० विन्दुमा पुगेको छ। बजार ०.६६ प्रतिशतले बढेसँगै शेयर बजारमा सकारात्मक संकेत देखिएको छ।
शुक्रबारको कारोबारमा अधिकांश कम्पनीको शेयर मूल्य बढेको छ। आज १८० कम्पनीको शेयर मूल्य वृद्धि हुँदा ८९ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्यमा कुनै परिवर्तन आएको छैन।
शुक्रबार बजारमा कुल ४ अर्ब ८३ करोड ७७ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। दिनभरमा १ करोड २९ लाख ५ हजार ९४२ कित्ता शेयर किनबेच भएका छन्।
त्यसैगरी आज १३ वटै उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा बढी बैंकिङ उपसूचक १.२८ प्रतिशतले वृद्धि भएको छ। आज १९ वटै वाणिज्य बैंकको शेयरमूल्यमा वृद्धि आएको देखिएको छ।











