दुई महिनामा चार लघु निर्जीवन बीमकद्वारा साढे १४ करोडको व्यवसाय

काठमाडौं । चालू आर्थिक वर्षको भदौ मसान्तसम्म चारवटा लघु निर्जीवन बीमा कम्पनीहरुले १४ करोड ४९ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ।
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनीले सर्वाधिक ३ करोड ८६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ भने दोस्रोमा स्टार माइक्रो इन्स्योरेन्स कम्पनीले ३ करोड ६८ लाख रुपैयाँ बराबरको बीमा व्यवसाय गर्न सफल भएको छ।
त्यसैगरी तेस्रोमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले ३ करोड ५९ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय गरेको छ भने ट्रस्ट माइक्रो इन्स्योरेन्स कम्पनीले ३ करोड ३४ लाख रुपैयाँभन्दा बढीको बीमा व्यवसाय भित्र्याएको छ। कम्पनीहरुले कुल ४९ हजार ४२० वटा बीमालेखि बिक्री गरी उक्त व्यवसाय गरेका हुन्।












