छोराको जन्मदिनमा हिमालयन लाइफको १५ लाखको बीमा पोलिसी उपहार

२३ आश्विन २०८३, शुक्रबार १७:१०

काठमाडौं । छोराको जन्मदिनलाई विशेष बनाउँदै चितवनकी रिना क्षेत्रीले आफ्नो छोरा सुगम क्षेत्रीलाई १५ लाख रुपैयाँको जीवन बीमा पोलिसी उपहार दिएकी छन्। उनले हिमालयन लाइफ इन्स्योरेन्सको ‘हिमालयन सावधिक बीमा पोलिसी’ खरिद गरी छोराको भविष्य सुरक्षित गर्ने प्रयास गरेकी हुन्।

भरतपुर महानगरपालिका–२ निवासी क्षेत्रीले हिमालयन लाइफ इन्स्योरेन्सको भरतपुर शाखामार्फत १६ वर्ष अवधिको उक्त बीमा योजना खरिद गरेकी हुन्। अभिकर्ता पार्वती अधिकारीको पहलमा बीमा योजना सम्पन्न भएको कम्पनीले जनाएको छ।

पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ तथा अन्य विशेष अवसरमा महँगा उपहार र अनावश्यक खर्च गर्नुभन्दा परिवारका सदस्यको भविष्य सुरक्षित हुने बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ। यस्तो उपहारले तत्काल खुसी दिनुका साथै भविष्यमा आइपर्न सक्ने आर्थिक जोखिम व्यवस्थापन गर्न पनि सहयोग पुर्‍याउँछ।

विशेषगरी बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यका लागि आर्थिक तयारी गर्न जीवन बीमालाई उपयोगी माध्यमका रूपमा लिने गरिएको छ।
अभिकर्ता पार्वती अधिकारीले जन्मदिनमा बीमा पोलिसी उपहार दिनु भविष्यप्रति जिम्मेवार र दूरदर्शी निर्णय भएको बताइन्। उनका अनुसार अनावश्यक खर्च घटाएर बालबालिकाको भविष्यका लागि लगानी गर्नु अभिभावकको तर्फबाट दिन सकिने महत्वपूर्ण उपहार हो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*