ग्राहकलाई नक्कली नोट वितरण गर्दै नेपाल बैंक, प्रहरीमा पुग्यो उजुरी

२८ आश्विन २०८३, बुधबार १४:२९

काठमाडौँ ।  पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरस्थित नेपाल बैंकको शाखाबाट नक्कली नोट भुक्तानी भएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। बैंकबाट रकम झिक्ने क्रममा एक हजार रुपैयाँ दरका दुईवटा नक्कली नोट पाएको दाबी गर्दै एक सेवाग्राहीले प्रहरीमा उजुरी दिएका हुन्।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार सेवाग्राहीले गत शुक्रबार बैंकबाट १२ हजार रुपैयाँ झिकेका थिए। बैंकले उनलाई एक सय रुपैयाँ दरका १०० थान नोट गरी १० हजार रुपैयाँ र एक हजार रुपैयाँ दरका दुई थान नोट गरी दुई हजार रुपैयाँ भुक्तानी दिएको थियो।

भुक्तानी पाएको केही दिनपछि एक हजार रुपैयाँ दरका दुवै नोट नक्कली रहेको दाबी गर्दै सेवाग्राहीले सोमबार प्रहरी कार्यालयमा उजुरी दिएका हुन्।

उजुरीमाथि अनुसन्धान भइरहेको छ।  प्रहरीले उजुरीकर्ताको नाम गोप्य राखेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*