मुक्तिनाथ विकास बैंकलाई ‘फोनपे अनर्स’ मा तीन अवार्ड

२८ आश्विन २०८३, बुधबार १४:४३

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानी कारोबारमा उत्कृष्ट प्रदर्शन गर्दै ‘फोनपे अनर्स’ कार्यक्रममा तीनवटा अवार्ड जितेको छ। फोनपेद्वारा आयोजित कार्यक्रममा बैंकले मोबाइल एपमार्फत हुने रकम स्थानान्तरण, क्यूआर भुक्तानी तथा मर्चेन्ट कारोबारमा उत्कृष्टता हासिल गरेको हो।

बैंकले मोबाइल एपमार्फत सबैभन्दा बढी रकम ट्रान्सफर गर्ने संस्थाका रूपमा ‘हाइएस्ट फोनपे डाइरेक्ट भोल्युम (इसुअर)’ अवार्ड प्राप्त गरेको छ। त्यसैगरी, मोबाइल एपबाट सबैभन्दा बढी क्यूआर भुक्तानी गर्ने विधामा ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (इसुअर)’ र क्यूआर मर्चेन्टमार्फत सबैभन्दा बढी कारोबार गर्ने विधामा ‘हाइएस्ट फोनपे क्यूआर भोल्युम (एक्वायरर)’ अवार्ड हात पारेको छ।

डिजिटल भुक्तानी प्रणालीको प्रयोग विस्तार तथा सेवाको प्रभावकारितामा बैंकले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै यी सम्मान प्रदान गरिएको बैंकले जनाएको छ। तीनवटा अवार्ड प्राप्त हुनुले डिजिटल बैंकिङलाई प्राथमिकतामा राख्दै आएको बैंकको प्रयासलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*