एससिटी र डिप्रोक्स लघुवित्तबीच डिजिटल भुक्तानी तथा कार्ड सेवा सञ्चालनसम्बन्धी सम्झौता

काठमाडौँ । स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) र डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडबीच कार्ड सेवा सञ्चालन तथा डिजिटल भुक्तानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौतापश्चात् डिप्रोक्स लघुवित्तका ग्राहक तथा सदस्यहरूले पनि अब वाणिज्य बैंक, विकास बैंक तथा अन्य वित्तीय संस्थाका ग्राहकझैं आधुनिक डिजिटल भुक्तानी सेवा तथा कार्ड सुविधाको प्रत्यक्ष लाभ लिन सक्नेछन्।
एससिटीद्वारा सञ्चालित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डयुक्त नेटवर्कमार्फत डिप्रोक्स लघुवित्तले आफ्ना ग्राहकहरूलाई डिजिटल भुक्तानीका सुविधाहरू प्रदान गर्नेछ। हस्ताक्षर कार्यक्रममा बोल्दै संस्थाका प्रतिनिधिले यस ऐतिहासिक सहकार्यले नेपालको ग्रामीण तथा विपन्न वर्गसम्म आधुनिक वित्तीय प्रविधि र डिजिटल बैंकिङ सेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्नेछ बताए।
लघुवित्त क्षेत्रमा परम्परागत डिजिटल माध्यमहरूमा मात्र निर्भर रहनुपर्ने अवस्थालाई चिर्दै डिप्रोक्सले कार्ड सेवाको सुरुवात गर्नु समग्र वित्तीय समावेशीकरण तथा आधुनिक फिनटेक इकोसिस्टमको विकासका लागि एक महत्त्वपूर्ण उपलब्धि हो।











