एक महिनामै जीवन बीमकको व्यवसाय १४ अर्ब ३१ करोड, वृद्धिदरमा आक्रामक आइएमई-एशियन र सन नेपाल

२७ आश्विन २०८३, मंगलवार १७:११

काठमाडौँ । जीवन बीमा कम्पनी एक महिनामा नै १४ अर्बभन्दा बढी कुल बीमा शुल्क आर्जन गरेका छन् । चालु आर्थिक वर्ष २०८३।०८४ को भदौ महिनामा मात्रै १४ जीवन बीमा कम्पनीहरुले १४ अर्ब ३१ करोड ६२ लाख रुपैयाँको ब्यवसायी गर्ने सफल भएका हुन् ।

यद्यपि, यो रकम गत आर्थिक वर्ष २०८२/०८३ को भदौ महिनाको तुलनामा ८.२१ प्रतिशतले कम हो । गत वर्षको सोही महिनामा जीवन बीमा कम्पनीहरूले १५ अर्ब ५९ करोड ६३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए । भोटेकोशीमा गएको बाढीका कारण देश शोकमा रहेका बेला जीवन बीमा कम्पनीहरूले भदौ महिनामा गरेको व्यवसायलाई समग्रमा सन्तोषजनक मान्न सकिने देखिन्छ ।

भदौ महिनाको कुल बीमा शुल्क आर्जनका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ । कम्पनीले एक महिनामा ३ अर्ब ५८ करोड ७६ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको भदौ महिनामा कम्पनीले ३ अर्ब ४९ करोड ७ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो । यससँगै नेपाल लाइफको व्यवसाय गत वर्षको तुलनामा २.७८ प्रतिशतले बढेको छ ।

दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले भदौ महिनामा १ अर्ब ९४ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ५६ करोड ८२ लाख रुपैयाँ आर्जन गरेको थियो । यसअनुसार कम्पनीको बीमा शुल्क आर्जन २४.०६ प्रतिशतले वृद्धि भएको छ ।

तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले भदौ महिनामा १ अर्ब ५३ करोड ७० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत वर्षको भदौमा कम्पनीले १ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको व्यवसाय १३.४९ प्रतिशतले बढेको छ ।

त्यसैगरी, हिमालयन लाइफ इन्स्योरेन्सले भदौ महिनामा १ अर्ब २९ करोड ७८ लाख रुपैयाँ, सूर्यज्योति लाइफ इन्स्योरेन्सले ९४ करोड ८८ लाख रुपैयाँ, सिटिजन लाइफ इन्स्योरेन्सले ७३ करोड ९५ लाख रुपैयाँ, एसियन लाइफ इन्स्योरेन्सले ७१ करोड ३१ लाख रुपैयाँ, मेट लाइफ इन्स्योरेन्सले ५९ करोड २ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

आइएमई लाइफ इन्स्योरेन्सले भदौ महिनामा ५७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत आर्थिक वर्षको सोही महिनामा कम्पनीले ४१ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको थियो । यससँगै कम्पनीको बीमा शुल्क आर्जन ३९.४५ प्रतिशतले वृद्धि भएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले भदौ महिनामा ५६ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले एक महिनामा ५५ करोड ९७ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको हो ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले भदौ महिनामा ५१ करोड ७७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ४२ करोड १९ लाख रुपैयाँ सन नेपाल लाइफ इन्स्योरेन्सले ३१ करोड २ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । गत वर्षको भदौमा कम्पनीले २४ करोड १४ लाख रुपैयाँ आर्जन गरेको थियो । यससँगै कम्पनीको व्यवसाय २८.५२ प्रतिशतले वृद्धि भएको छ ।

यो पनि पढ्नुहोस्

जीवन बीमकको व्यवसाय साढे १५% ले बढ्यो, वृद्धिदरमा आक्रामक आइएमई-प्रभु र सन नेपाल

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*