चितवनमा ट्रक, बस र माइक्रोबस ठोक्किंदा ११ जना घाइते
१० कार्तिक २०८३, मंगलवार १०:३४

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ३, धारापानीमा तीनवटा सवारीसाधन एकापसमा ठोक्किंदा दुर्घटना भएको छ।
सर्लाहीबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०१–००१ ख २७७७ नम्बरको बस, काठमाडौंबाट मुग्लिनतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०६१६ नम्बरको ट्रक र बुटवलबाट काठमाडौं आउँदै गरेको बागमती प्रदेश ०३–००१ ज १२५९ नम्बरको माइक्रोबस आपसमा ठोक्किएका हुन्।
दुर्घटना आज बिहान करिब ८ बजेर ४५ मिनेटमा भएको हो। दुर्घटनामा परी कम्तीमा ११ जना घाइते भएका छन्। दुर्घटनालगत्तै प्रहरीको टोली परिचालन भएको छ भने घाइतेको उद्धार गरी उपचारका लागि पठाइएको छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको छ भने प्रहरीले यस बारेमा विस्तृत अनुसन्धान गरिरहेको छ।











