वैदेशिक रोजगारका फरारलाई ३५ दिनको अल्टिमेटम
१० कार्तिक २०८३, मंगलवार ११:१६

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी भएका तर हालसम्म सम्पर्कमा नआएका फरार व्यक्तिलाई ३५ दिनभित्र सम्पर्कमा आउन अल्टिमेटम दिएको छ।
वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिएर विभागले असोज ९ गते सूचना जारी गर्दै तोकिएको समयभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सम्बन्धित व्यक्तिहरूलाई आग्रह गरेको हो।
विभागले तोकिएको समयभित्र सम्पर्कमा नआए फरार व्यक्तिहरूको बैंक खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायतका कानुनी कारबाही अघि बढाइने चेतावनी दिएको छ।
विभागका अनुसार वैदेशिक रोजगार ऐन, २०६४ लगायत प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।











