वेबसाइट बन्द भए पनि इमेलबाट सेवा दिँदै राष्ट्र बैंक
१० कार्तिक २०८३, मंगलवार ११:५६

काठमाडौं । नेपाल राष्ट्र बैंकले वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द रहे पनि इमेलमार्फत गुनासो सुनुवाइ तथा अन्य सेवा सञ्चालनमा ल्याएको छ।
वेब प्रविधि पीएचपीमा विश्वव्यापी रूपमा गम्भीर सुरक्षा जोखिम देखिएपछि राष्ट्र बैंकले विगत एक सातादेखि आफ्नो वेबसाइटलगायतका सेवा अस्थायी रूपमा बन्द गरेको थियो।
त्यसपछि बैंकले इमेलमार्फत गुनासो सुनुवाइ, एनसीटीएस, एलसीलगायतका सेवा प्रदान गर्न थालेको हो।











