विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीमा नेपाल–थाइल्यान्ड सहकार्य बढाइने

११ कार्तिक २०८३, बुधबार १५:४१

काठमाडौं । नेपाल र थाइल्यान्डबीच विपद् जोखिम न्यूनीकरण, जलस्रोत व्यवस्थापन, वैज्ञानिक अनुसन्धान तथा प्रविधिको प्रयोगमा सहकार्य बढाउने विषयमा छलफल भएको छ।

एसिया तथा प्रशान्त क्षेत्रमा दिगो विकासका लागि अन्तरिक्ष अनुप्रयोगसम्बन्धी पाँचौँ मन्त्रीस्तरीय सम्मेलनका क्रममा नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र थाइल्यान्डका उपप्रधानमन्त्री तथा उच्च शिक्षा, विज्ञान, अनुसन्धान तथा नवप्रवर्तनमन्त्री योदचानन वोङ्सावातबीच द्विपक्षीय भेटवार्ता भएको हो। सम्मेलन संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (यूएन ईएससीएपी) ले आयोजना गरेको हो।

भेटमा दुवै देशबीच शैक्षिक अनुसन्धान, ज्ञान आदानप्रदान र संयुक्त कार्यक्रम सञ्चालनमा सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको थियो। विशेषगरी विपद् जोखिम न्यूनीकरण, जलस्रोत व्यवस्थापन, अनुगमनका लागि तथ्याङ्क आदानप्रदान र कृत्रिम बुद्धिमत्तामा आधारित पूर्वसूचना प्रणाली विकासलाई प्राथमिकतामा राखिएको थियो।

छलफलमा वैज्ञानिक ज्ञान र नयाँ प्रविधिलाई व्यवहारमा उपयोग गरी विपद्को पूर्वतयारी बलियो बनाउने, जलस्रोतको प्रभावकारी व्यवस्थापन गर्ने तथा दुवै देशको दिगो विकासमा योगदान पुर्‍याउने विषयमा जोड दिइएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*