एनआईसी एशिया बैंकले हकप्रद निष्काशन गर्न पायो अनुमति
१८ कार्तिक २०८३, बुधबार १२:३२

काठमाडौं । एनआईसी एशिया बैंकले हकप्रद निष्काशन गर्ने अनुमति .पाएको छ।
बैंकले १ः०५० अनुपातमा ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता शेयर निष्काशन गर्ने भएको हो । कम्पनीको इस्यू म्यानेन्जरमा एनआईएमबी एसई क्यापिटल रहेको छ।
बोर्डबाट प्राप्त स्वीकृतिअनुसार बैंकले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत बराबरको हकप्रद सेयर निष्काशन गर्न पाउने भएको छ। यो अनुपात १:०.५० को हुनेछ, अर्थात् एक कित्ता सेयर भएका सेयरधनीले ०.५० कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।
यसअनुसार बैंकले कुल ७ करोड ४५ लाख ८७ हजार ८३५ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसको कुल मूल्य ७ अर्ब ४५ करोड ८७ लाख ८३ हजार ५०० रुपैयाँ हुनेछ।












