मैलुङ खोला जलविद्युत कम्पनीले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

१० मंसिर २०८३, बिहीबार ११:३२

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले आउँदो पुस ३ गते शुक्रबार काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वेटमा तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ ।

गत भदौ १० गते आएको भीषण बाढीबाट यस कम्पनीको विद्युत उत्पादन संरचनाहरुमा व्यापक क्षति पुगेको थियो । साथै यस कम्पनीले आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छैन ।

सभामा गत आर्थिक वर्षको सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरु छलफल गरी अनुमोदन गर्ने र चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पेश हुने।

साधारणसभा प्रयोजनार्थ कम्पनीले मंसिर २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ। यसको आधारमा मंसिर २१ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*