ठमेलको होटलबाट स्रोत नखुलेको ५० लाख बरामद, दुईजना पक्राउ

१० मंसिर २०८३, बिहीबार ११:४८

काठमाडौं । काठमाडौंको जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर १७ ठमेलस्थित एक होटलबाट स्रोत नखुलेको साढे ५० लाख रुपैयाँ बरामद भएको छ भने दुईजना पक्राउ परेका छन् ।

हिजो मंसिर ९ गते अन्दाजी १ बजेको समयमा ठमेलस्थित स्नोलाइन होटलमा अवैध स्रोत नखुलेको रकम लुकाई छिपाई राखेको भन्ने सूचना प्राप्त भएलगत्तै प्रहरी टोली खटिएर गएको थियो ।

प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीको टोलीले उक्त होटलमा पुगी चेकजाँच गर्ने क्रममा ठूलो मात्रामा विदेशी मुद्रासहित अवैध रकम बरामद भएको हो। प्रहरीका अनुसार नेपाली रुपैयाँ ५० लाख ५० हजार, ओमानी रियाल ४ हजार २१५.०९ र अरब दिराम ५५ फेला परेको हो।

यसमा घटनामा प्रहरीले दुईजना व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीले एकजना नेपाली नागरिक र एकजना विदेशी नागरिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार चितवनको बिसौनी घर भई काठमाडौंको ठमेलमा बस्ने २० वर्षीया स्नेहा रिमाल र म्याल्दिभ्सका नागरिक युगीथ इब्राहिमलाई नियन्त्रणमा लिएको जनाएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*