निषेधाज्ञा अवधीको मोटरबीमा शुल्कमा छुट दिने बीमा समितिको निर्णय

३ श्रावण २०७८, आईतवार १०:०३

काठमाडौं । बीमा समितिले निषेधाज्ञा अवधीमा ग्यारेजमा थन्किएका सार्वजनिक यातायातका साधनको बीमा शुल्क मिनाहा दिने निर्णय गरेको छ । गत साता बीमा समिति सो सम्बन्धमा आवश्यक निर्णय गरेको हो ।

बीमा समितिले गरेको निर्णय शुक्रबार नै बीमा कम्पनीहरुमा पुगेको छ । जस अनुसार निषेधाज्ञा अवधीको थन्किएका यात्रु बाहक बस (सबै) को बीमा पोलिसीलाई लेअप पिरियड मानी बीमा शुल्क छुट दिन निर्देशन दिएको बीमा समितिले जनाएको छ ।

बैशाखको पहिलो साताबाट सुरु भएको निषेधाज्ञा असारको दोस्रो सातापछि मात्रै खुलेकोले सवारी साधनका धनीले कम्तीमा दुई महिना अवधीको बीम शुल्क छुट पाउनेछन् । ग्यारेजमा थन्किएको अवस्थामा बीमा जोखिम नहुने तथा बीमितलाई महामारीको समयमा राहत दिने उद्देश्यले बीमा समितिले यस्तो निर्णय गरेको हो । उक्त निर्णयसँगै देशैभरि सञ्चालन हुने झण्डै एक लाख भन्दा बढि सवारी धनीले राहत पाउनेछन् ।

बीमा समितिका अनुसार उक्त शुल्क मिनाहा सम्बन्धी व्यवस्थाको हिसाब मिलान भने यसैवर्षदेखि नयाँ बीमा पोलिसीमा मिनाहा पाउने व्यवस्था गरिएको छ । उक्त शुल्क छुट सुविधाको लागि हाल बीमा पोलिसी कायम हुनुपर्नेछ । बीमा पोलिसी अवधी सकिएर नविकरण नभएकाहरुले पाउने छैनन् । चालु आवमा यात्रु बाहक सवारी साधनहरुले बीमा नविकरण गर्दा दुई महिना (अनुमानित) को बीमा शुल्क समानुपातिक रुपमा छुट पाउनेछन् ।

बीमा समितिको निर्णय अनुसार यात्रु बाहक मोटरको बीमा शुल्क छुट पाएपनि अन्य निजि मोटरको बीमा शुल्कमा भने छुट पाइने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*