राधी विद्युत कम्पनीको संचालकमा कोइरी र सचिवमा बज्राचार्य नियुक्त

१४ श्रावण २०७८, बिहीबार १०:२४

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले स्वतन्त्र संचाल र कम्पनी सचिव नियुक्त गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै स्वतन्त्र संचालकमा नितेश्वर प्रसाद कोइरी र सचिव पदमा लफिन काजी बज्राचार्यलाई नियुक्त गरेको जानकारी गराएको हो ।

कम्पनीको साउन १३ गते संचालक समितिको बैंठकले स्वतन्त्र संचालक सुनिता निरौलाबाट प्राप्त राजीनामा स्वीकृत गरी कोइरीलाई सो पदमा आजको मितिबाट लागू हुने गरी नियुक्त गरेको हो । साथै रिक्त कम्पनी सचिव पदमा बज्राचार्यलाई पनि आजको मितिदेखि नै लागू हुने गरी नियुक्त गरेको जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*