दरवारमार्गस्थित चर्चित नाङ्लो रेष्टुरेन्ट सञ्चालक कक्षपतिको निधन

२६ श्रावण २०७८, मंगलवार ००:१६

काठमाडौं । राजधानी काठमाडौंको दरवारमार्गसहित विभिन्न स्थानमा प्रख्यात नाङ्लो रेष्टुरेन्ट सञ्चालन गर्दै आएका चर्चित रेष्टुरेन्ट व्यवसायी श्याम कक्षपतिको सोमबार दिउसो निधन भएको छ ।

देशैभरि बेकरी क्याफे तथा दरवारमार्गसहित स्थानमा नाङ्लो रेष्टुरेन्ट र पछिल्लो समय दरवारमार्गको सालिक अगाडि श्याम्सवान ट्री नामक रेष्टुरेन्टका सञ्चालक कक्षपतिको निधन भएको हो । मुखको क्यान्सरबाट पीडित कक्षपतिको थाईल्याण्डको राजधानी बैंककमा उपचारको क्रममा निधन भएको हो । मुखको क्यान्सरबाट पीडित श्याम कक्षपति करिब दुई महिना अगाडि उपचारका लागि थाईल्याण्ण्डको बैंककस्थित ब्रुमुनगार्ड अस्पतालमा भर्ना भएकोमा आज उपचारकै क्रममा निधन भएको जनाइएको छ ।

विस २०३३ सालदेखि दरबारमार्गमा नाङ्लो बेकरी सञ्चालन गर्दै आएका कक्षपतिले सो रेष्टुरेन्टका जग्गाधनी योगेश्वर अमात्यले जग्गा नदिएप्छि केही वर्ष पहिले विवाद भएको थियो । विवादकै बीचमा नाङ्लो अन्यत्र सारेका थिए । पछि फेरि कुरा मिलेपछि उक्त स्थानमा ’स्याम्स वान ट्रि’ क्याफे खोलेर सञ्चालन गर्दै आएका थिए ।
कक्षपति होटल संघ नेपालका पूर्व अध्यक्ष समेत हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*