कालीमाटीमा तरकारीः गोलभेडा ९०, च्याउ १०० रुपैयाँ किलो

१३ कार्तिक २०८१, मंगलवार ०८:२२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कात्तिक १३ गतेका लागि तरकारीको मूल्य निर्धारण गरेको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा ९० रुपैयाँ, स्थानीय काउली ११० रुपैयाँ, लोकल बन्दा ४० रुपैयाँ र कन्य च्याउ १०० रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ ।

त्यसैगरी आज इस्कुस १५ रुपैयाँ, तीते करेला ६० रुपैयाँ, पाकेको फर्सी ३५ रुपैयाँ, हरियो डल्ले फर्सी ७० रुपैयाँ, घिरौला ६० रुपैयाँ, कुरीलो ७०० रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, तोरीको साग ७० रुपैयाँ र ब्रोकाउली १५० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ ।

आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*