आज धन्तेरस मनाइँदै

१३ कार्तिक २०८१, मंगलवार ०८:०९

काठमाडौं । आज कात्तिक १३ गते मङ्गलबार धन्तेरस मनाइँदै छ। यस दिनलाई धनतेरस र धन त्रयोदशीको रूपमा समेत चिनिन्छ।

धनतेरस मुख्य रूपमा सम्पत्ति, स्वास्थ्य र समृद्धिको प्रतीक मानिन्छ। यस दिनलाई विशेषगरी धन्वन्तरीको पूजा अर्चना गर्ने र आरोग्य एवं सम्पन्नताका लागि आशीर्वाद प्राप्त गर्ने अवसरका रूपमा लिने गरिन्छ।

धनतेरसको दिन विशेष गरेर नयाँ भाँडाकुँडा, चाँदी, सुनका गरगहना, धातुका सामग्रीहरू किनमेल गर्ने परम्परा रहेको छ। यसलाई शुभ मानिने र धन सम्पत्ति बढ्ने विश्वासका साथ विभिन्न वस्तुहरूको खरिद गरिन्छ।

धनतेरसको दिन विशेष गरी दीप प्रज्वलन, लक्ष्मी पूजा र भगवान् धन्वन्तरीको पूजा अर्चना गरिन्छ। धन्वन्तरी भगवान् आयुर्वेदका प्रवर्तक समेत हुन् । यसै अवसरमा नेपाल राष्ट्र बैङ्कले पनि सुनको असर्फी र चाँदीको सिक्का बिक्री गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*