भदौंको तुलनामा निर्जीवन बीमकको व्यवसायमा चार प्रतिशतको वृद्धि, कुनको कतिले बढ्यो ? (तथ्यांकसहित)

१३ कार्तिक २०८१, मंगलवार १३:५०

काठमाडौँ । निर्जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आर्जन भदौ महिनाको तुलनामा असोज महिनामा ४ दशमलव ४३ प्रतिशतले बढेको छ । हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनीहरुले असोज महिनामा तीन अर्ब करोड १२ लाख रुपैयाँ रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन् । सोही कम्पनीले चालु आवको भदौ महिनामा तीन अर्ब ४८ करोड ६६ लाख रुपैयाँको नयाँ व्यवसाय गरेका थिए ।

सामान्य रुपमा भन्नुपर्दा असोज महिनामा गएको बाढी पहिरोको त्रासका कारण पनि कतिपय हाइड्रोपावर कम्पनीहरु देखि लिएर मोटरको बीमाले पनि तिब्रता पाएको थियो । निर्जीवन बीमा व्यवसायको ४० प्रतिशत बजार मोटर बीमाले ओगटेको छ । दशैँ तिहारको अवसरले गर्दा असोज महिनामा मोटर खरिद–बिक्री बढी हुने गरेको छ । यस्ता विविध कारणले गर्दा भदौ महिनाको तुलनामा असोज महिनामा निर्जीवन बीमा व्यवसायमा सामान्य बृद्धि भएको छ ।

बृद्धिदरका आधारमा :

भदौ महिनाको तुलनामा असोजमा ओरियण्टल इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन सबैभन्दा बढी बृद्धि भएको छ । अघिल्लो महिनाको तुलनामा कम्पनीको नयाँ व्यवसाय १५९ प्रतिशतले बृद्धि भएको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको नेपाल इन्स्योरेन्सको प्रथम बीमाशूल्क आर्जन १९.४३ प्रतिशतले बढेको छ । यस महिनामा आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सको प्रथम बीमा शुल्क आर्जन १७.११ प्रतिशत, एनएलजी इन्स्योरेन्सको १६.७० प्रतिशत, नेको इन्स्योरेन्सको १४.२२ प्रतिशत, युनाइटेड अजोड, शिखर र सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ११ प्रतिशतले बृद्धि भएको छ ।

सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनी, सिद्धार्थ प्रिमियर, प्रभु, सानिमा जिआइसी र नेशनल इन्स्यारेन्सको प्रथम बीमा शुल्क आर्जन भदौको तुलनामा समान्य अंकले घटेको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा आधारित

प्रथम बीमा शुल्क आर्जनको आधारमा :

असोज महिनामा सबैभन्दा बढी नयाँ व्यवसाय गर्ने निर्जीवन बीमा कम्पनीहरुमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स अग्रस्थानमा रहेको छ । कम्पनीले यस महिनामा ४२ करोड ४१ लख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

साथै, असोज महिनामा शिखर इन्स्योरेन्सले ३९ करोड ६६ लाख रुपैयाँ, द ओरियण्टल इन्स्योरेन्सले ३९ करोड ४५ लाख रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३५ करोड ८६ लाख रुपैयाँ र आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले ३२ करोड सात लाख रुपैयाँको नयाँ व्यवसाय गर्न सफल भएका छन् ।

यस महिनामा हिमालयन एभरेष्ट इन्स्योरेन्सले ३१ करोड ६४ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले ३० करोड ८५ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २७ करोड पाँच लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ ।

राजनीतिक खिचातानी र कर्मचारीहरुको आन्तरिक द्धन्द तथा दक्ष जनशक्ति अभावका कारण सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको व्यवसाय सबैभन्दा बढी अंकले घट्दै गएको छ ।

नेपाल बीमा प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा आधारित

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*