बिहिबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
१७ माघ २०८१, बिहीबार १०:२६

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य सामान्य घटेको छ । सुन तोलामा १०० रुपैयाँले ओरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मूल्य भने तोलामा ३० रुपैयाँले बढेर तोलामा एक हजार ८८५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













