क्रिप्टो कारोबारमा संलग्न ७ जना पक्राउ, ठगी रकम ३ अर्ब
१८ माघ २०८१, शुक्रबार १८:१४

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले क्रिप्टोकरेन्सी कारोबारमा संलग्न सात जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूलाई शुक्रबार सार्वजनिक गरिएको हो। उनीहरू विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीको भनाइ छ।
पक्राउ पर्नेमा कैलाली, बुढानिलकण्ठ, दोलखा, रौतहटका नागरिकहरू तथा भारतको बिहारका दुई व्यक्तिहरू रहेको खुलेको छ। प्रहरीले उनीहरूको साथबाट दुई थान कम्प्युटर सीपीयू, १३ थान विभिन्न ब्रान्डका मोबाइल फोन, १९ थान बैंक चेक र नगद ५ लाख ५० हजार रुपैयाँ बरामद गरेको छ।
प्रहरीले पक्राउ परेका व्यक्तिहरूलाई अनधिकृत डिजिटल मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा अनुसन्धान थालेको जनाएको छ। पछिल्लो समय नेपालमा क्रिप्टोकरेन्सी कारोबारमा संलग्नताको घटना बढ्दै जाँदा प्रहरीको सक्रियता पनि तीव्र बनेको छ।













