नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीहरुको हात रित्तो, बोलायो ३८औं वार्षिक साधारण सभा

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका शेयरधनीहरुको हात रित्तो हुने भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश नदिने भएको हो ।
लाभांश बिना नै बैंकले ३८औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले फागुन १५ गते राष्ट्रिय सभागृह प्रदर्शनीमार्ग काठमाडौँमा बिहान १० बजे बस्ने गरी सभा बोलाएको हो ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षकको नियुक्ति सम्बन्धी प्रस्ताव समेत पारित गर्नेछ ।
संस्थापक शेयरधनीहरुको तर्फबाट ४ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव समेत सभाको कार्यसूचीमा रहेको छ । सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धि उक्त प्रस्ताव यस बैंकको मिति २०८०÷१२÷२० मा सम्पन्न ३७ औं वार्षिक साधारण सभामा समेत राखिएकोमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको अन्तरिम आदेशको कारणले उक्त प्रस्ताव अर्थात् निर्वाचनको कार्य स्थगित भएकोमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०८१÷०७÷१४ मा साविकको अन्तरिम आदेश तथा रिट निवेदन समेत खारेज हुने गरी फैसला भएकोले यस वार्षिक साधारण सभामा सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धि प्रस्ताव पेश गरिएको छ ।













